नेपाली हात्तीको यो तस्विर विश्वकै उत्कृष्ट
काठमाडौं । झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्विरले सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४ जितेको छ ।
पर्यटक फोटोग्राफर लि जु सेनले खिचेको यो तस्विरसँगै इजिप्टको समुद्रमा रहेको गोताखोर र क्रिसमस मनाउँदै गरेको एक बालकको तस्बिरले पनि अवार्ड जितेका छन् ।
विजयी तस्बिरहरू मंगलबार विश्व फोटोग्राफी संगठनद्वारा सार्वजनिक गरिएको थियो । सोनी वर्ल्ड फोटोग्राफी अवार्ड-२०२४ मा प्रकृति, कला,संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्बिर प्रतिष्पर्धामा थिए । ती तस्बिरहरू विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेका थिए ।
सोनी वर्ल्ड फोटोग्राफी अवार्डका विद्यार्थी, युवा, खुला र व्यावसायिक प्रतियोगिताका विजेताहरू अप्रिल १८ मा घोषणा गरिनेछ । विजयी सबै तस्बिरहरु अप्रिल १९ देखि मे सम्म लन्डनको समरसेट हाउसमा हुने प्रदर्शनीमा राखिने आयोजकले जनाएका छन् ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

