ललिता निवास जग्गा प्रकरणको फैसला आज
काठमाडौँ । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाउने भएको छ। हिजै फैसला सुनाउने तयारी गरे पनि नभ्याइएपछि हेर्दाहेर्दैमा राखिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
’फैसला सुनाउने तयारी बुधबार नै थियो। तर, अबेर हुने देखिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब आज फैसला सुनाइन्छ,’ प्रवक्ता कार्कीले बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन्।
आयोगले सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगसहित उच्चपदस्थ पदाधिकारीलाई बिगोको अनुपातमा जरिवाना र १० वर्षसम्म जेल सजाय माग गरेको छ । राष्ट्रसेवकका हकमा भ्रष्टाचार निवारण ऐनअनुरूप थप तीन वर्ष जेल सजाय माग गरिएको छ। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।
सम्बन्धित समाचार
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी र १८.७६ अर्ब खुद बचत
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह