५ सय ४४ किलो गाँजा बरामद,चालक फरार
जानकारी केन्द्र
२०८०, चैत्र, २७
धनकुटा । साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकस्थित को.१ ख ३२९४ नम्बरको मिनि ट्रकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलो आइतबार बेलुकी प्रहरीले बरामद गरेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको उक्त ट्रक जाँच गर्ने क्रममा सब्जीको बोराभित्र प्याक गरी लुकाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको छ । प्रहरीले ट्रक जाँच गर्ने क्रममा सब्जी पसलमा सब्जी दिन जान्छु भनी पसलतर्फ गई फरार भएका चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
