कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरियो इन्टर मियामी
जानकारी केन्द्र
२०८०, चैत्र, २९
काठमाडौँ । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कपबाट बाहिरिएको छ ।
विहिबार बिहान सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा मोन्टेररेयसँग ३-१ गोल अन्तरले पराजित हुदै समग्रमा ५-२ ले हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।
यस खेलमा मोन्टेररेयका लागि ब्राण्डन भाज्क्वेज, जर्मन बेरटेरामे र जिसस गालार्ड़ोले एक एक गोल गरेका थिए भने इन्टर मियामीका लागि डिएगो गोमेजले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ७८औं मिनेटमा जोर्डी अल्बाले रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो ।
यस अघि सम्पन्न पहिलो लिगमा इन्टर मियामी २-१ गोलले पराजित भएको थियो ।
यो जितपछि मोन्टेररेय प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ र सेमिफाइनलमा कोलम्बस क्रुको सामना गर्ने छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
