सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा
जानकारी केन्द्र
२०८१, जेष्ठ, ४
काठमाडौँ । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६.१ ओभरमा अल आउट हुदै ४८ रन मात्र बनाएको थियो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
यो जितसँगै ४ खेलमा ६ अंक बटुलेर सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको छ । पराजित बागमती प्रदेश ४ खेलमा २ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
अब सुदूरपश्चिमले उपाधिका लागि अब नेपाल एपिएफ क्लबसँग भिड्ने छ । फाइनल खेल शनिबार हुनेछ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

