हरिकेन्सविरुद्ध नेपालको संघर्षपूर्ण जित
काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १४७ रनको लक्ष्य पछाएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । यस खेलमा सुपर ओभरको अभ्यास समेत गरिएको थियो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए । अब हेरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल आज राति हुनेछ ।
यो अभ्यास खेल पछि नेपालले विश्वकप अघि क्यानडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
