Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई चौथोपटक भिसा दिन अमेरिकाद्धारा अस्वीकार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, १७
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई चौथोपटक भिसा दिन अमेरिकाद्धारा अस्वीकार

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेले भिसा फेरि रिजेक्ट भएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो। तर अन्तरवार्तापछि पनि उनको भीसा अस्वीकार भएको छ । उनले यसअघि तीन पटकसम्म भीसाका लागि प्रयास गरेका थिए ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सन्दीपले हालै बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएकबा थिए । बलात्कार मुद्दाबाट सफाइ पाएसँगै टी २० विश्वकपका लागि अमेरिका जाने तयारी गरेका उनलाई अमेरिकाले भीसा नदिएसँगै विश्वकप खेल्ने सपनामा लगभग पूर्णविराम लागेको छ ।

Top Changing Nepal

युट्युब सट्स