रोनाल्डोको किर्तिमान: चार लिगमा जिते गोल्डेन बुट
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल्डेन बुट जितेका छन् । यस सिजनको साउदी लिगमा सबैभन्दा बढी ३५ गोल गर्दै रोनाल्डोले गोल्डेन बुट जितेका हुन् । यस सिजनको साउदी लिगमा रोनाल्डोले ३१ खेलमा ३५ गोल र ११ असिस्ट गरेका थिए ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८-१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए ।
यसका साथै रोनाल्डो चार फरक फरक लिगमा गोल्डेन बुट जित्ने खेलाडी बनेका छन् । रोनाल्डोले ला लिगामा तीन पटक गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिग र सिरी ए मा एक एक पटक गोल्डेन बुट जितेका थिए ।
त्यस्तै रोनाल्डोले ७ पटक च्याम्पियन्स लिगमा गोल्डेन बुट जितेका छन् बहने एक पटक युरोको गोल्डेन बुट जितेका छन् । रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् ।
अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितिसकेको छ । अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
