कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।
हाल कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती,लुम्बीनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ | देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

