Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड, रौतहटका १८ वर्षीय युवा समातिए

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८१, श्रावण, १४
माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड, रौतहटका १८ वर्षीय युवा समातिए

काठमाडौं । बालाजु चोक नजिकैको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरिएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा कलंकीमा बस्दै आएका रौतहटका १८ वर्षीय राधेश्याम बैठा समातिएका छन्।

आज बिहान पौने ३ बजेको समयमा बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट फलामको रड एक थान बरामद गरिएको छ । बैठामाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स