मोबाइल फोनको प्रयोगबाट बालबालिको बिकासमा पार्ने प्रभाबहरु
काठमाडौँ । अहिलेको समयमा प्राय बालबच्चाको हातमा मोबाइलफोन हुन्छ । बालबच्चालाई कसरी मोबाईलफोनको टाढा राख्ने भन्ने बाबुआमाको हातमा हुन्छ । अभिभाबकले धेरै मात्रामा मोबाईल प्रयोग गर्दा उनिहरुले पनि देखेर सिक्छन र लत बस्न जान्छ ।
मोबाईल देखाएर बालबालिकालाई खाना खुवाउने चलन प्रायको रहेको हुन्छ र यस्तो गर्दा बालबालिकाले आफुले खाएको खानाको स्वाद थाहा थाहा पाउँदैनन । बालबालिकामा पाचन प्रणालि साथै पोषण सम्बिन्धि समस्या देखा पर्न सक्दछ ।
बालबच्चा निदाउनु अगाडि मोबाइल चलाउन दिनुहुदैन किनकि मोबाईल चलाउदा यसबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने गर्दछ । बालबालिकाले मोबाईलको प्रयोग गरेमा एकोहोरोपन आउने तथा रिसाउने ,रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन् ।
बालबालिकामा मोबाईल फोनको प्रयोगले मनोबैज्ञानिक असर पनि पर्न जान्छ । मोबाइलका अस्लिल भिडियो, धाराबाहिक गेमहरूको प्रयोगले बालबालिकाहरू लतमा फसिसकेका हुन्छन् । गेममा जित्नै पर्ने, जित्न नसक्दा रिसाउने स्वभावको संवेग बढ्न जान्छ । एकपछि अर्को नयाँ–नयाँ चित्र हेर्ने बानिले पढाइमा रूचि कम हुँदै जाने र पढाइमा कमजोर हुँदै जाने हुन्छन् । जसबाट शिक्षक साथीभाइ तथा अभिभावकबाट टाढा हुँदै जाने र एकाङ्कीपन बढ्दै जाने स्वभाव हुन्छ । सबै कोणबाट कमजोर महसुस हुदै जाने र अन्तमा आत्महत्याको अवस्थासम्ममा पुग्न सक्छन् ।
त्यस कारण अभिभावकले बालबालिकाको छेउमा बसेर फोन नचलाउने साथै सकिन्छ भने सके सम्म खालि समय आफ्ना बालबच्चासगँ बिताउने गर्नुपर्दछ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्यो विशेष सर्च गाइड
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय