बालुवाटारबाट थापाथली सरे राष्ट्र बैंकका दुई प्रमुख विभाग
काठमाडौँ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सञ्चालन भइरहेका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अब थापाथलीस्थित नवनिर्मित भवनमा सर्ने भएका छन् ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार ९पौष १ गते० देखि यी दुई विभागले थापाथलीस्थित नयाँ भवनबाट सम्पूर्ण सेवा सञ्चालन गर्ने जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ,‘बालुवाटारस्थित भवनबाट सञ्चालन हुँदै आएका बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा स्थानान्तरण हुने भएकाले मिति २०८१ पौष १ गतेदेखि उक्त विभागहरूबाट प्रदान गरिने सम्पूर्ण सेवा सोही भवनबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
बालुवाटारस्थित भवनमा कार्यरत यी विभाग स्थानान्तरणपछि राष्ट्र बैंकको मुख्य प्रशासनिक गतिविधि थप प्रभावकारी हुने विश्वास गरिएको राष्ट्र बैंकले जनाएको छ । थापाथलीस्थित यो भवन राष्ट्र बैंकले अत्याधुनिक संरचना र सेवा प्रविधिका साथ निर्माण गरेको हो ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


