बालेनले गाए फिल्ममा गीत
काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा गीत गाएर पार्श्व गायनमा डेभ्यु गरेका छन् । र्याप गायकको रुपमा परिचित बालेनका मेयरमा निर्वाचित भएपछि नयाँ गीत गाएका छैनन् ।
उनले गाएका ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘मन यो उड्यो’, ‘नेपाल हाँसेको’, ‘स्टे ट्रु’, ‘गोर्खाली तोप’, ‘स्याभेज’, ‘मार्फाको मदिरा’, ‘यथार्थ’, ‘आस्तिक’ जस्ता गीत चर्चित गीतहरु छन् ।
अब लामो समयपछि बालेनले आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै उनले पार्श्व गायनमा डेब्यु गरेका छन् । केही दिनअघि रेकर्ड भइसकेको गीतमा बालेन स्वयंको शब्द तथा संगीत छ । उक्त गीत फिल्म रिलिजअघि नै सार्वजनिक गर्ने तयारीमा फिल्मको निर्माण पक्ष रहेको छ ।
‘लाज शरणम्’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे) सँग बालेनको घनिष्ट सम्बन्ध रहेका कारण बालेनले उनको फिल्ममा गीत गाएको चर्चा छ ।
‘लाज शरणम्’लाई हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको हो । कुमार कट्टेल (जिग्री ब्रो) को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित हरिस निरौला, विजय बराल, सागर लम्साल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा लगायतको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
