बालेनले गाए फिल्ममा गीत
काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्ममा गीत गाएर पार्श्व गायनमा डेभ्यु गरेका छन् । र्याप गायकको रुपमा परिचित बालेनका मेयरमा निर्वाचित भएपछि नयाँ गीत गाएका छैनन् ।
उनले गाएका ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘मन यो उड्यो’, ‘नेपाल हाँसेको’, ‘स्टे ट्रु’, ‘गोर्खाली तोप’, ‘स्याभेज’, ‘मार्फाको मदिरा’, ‘यथार्थ’, ‘आस्तिक’ जस्ता गीत चर्चित गीतहरु छन् ।
अब लामो समयपछि बालेनले आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै उनले पार्श्व गायनमा डेब्यु गरेका छन् । केही दिनअघि रेकर्ड भइसकेको गीतमा बालेन स्वयंको शब्द तथा संगीत छ । उक्त गीत फिल्म रिलिजअघि नै सार्वजनिक गर्ने तयारीमा फिल्मको निर्माण पक्ष रहेको छ ।
‘लाज शरणम्’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे) सँग बालेनको घनिष्ट सम्बन्ध रहेका कारण बालेनले उनको फिल्ममा गीत गाएको चर्चा छ ।
‘लाज शरणम्’लाई हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको हो । कुमार कट्टेल (जिग्री ब्रो) को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित हरिस निरौला, विजय बराल, सागर लम्साल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा लगायतको अभिनय रहेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

