एउटा यस्तो देश, जहाँ छ १० मध्ये ९ जनासँग बिधुतीय सवारी
ओस्लो। पेट्रोल र डिजेलका सवारीसाधनलाई छाडेर अहिले विश्वका धेरै देशले विद्युतीय सवारीसाधनतर्फ बढी चासो देखाइरहेका छन् ।
यही कारणले गर्दा अहिले धेरै देशमा मानिसहरू पेट्रोल र डिजेलका सवारीसाधनको सट्टा विद्युतीय सवारीसाधन बढी मात्रामा खरिद गरिरहेका छन् । यसैस सन्दर्भमा युरोपेली देश नर्वेमा विद्युतीय कारले हलचल मच्चाएको छ ।
नर्वेजियन रोड फेडेरेसन (ओएफभी) ले एक प्रतिवेदन सार्वजनिक गरेको छ, जसअनुसार देशमा विद्युतीय कारको खरिद बिक्रीमा ह्वात्तै वृद्धि भएको छ । सन् २०२३ मा ८२.४ प्रतिशत ईभी खरिद गरिएको थियो भने सन् २०२४ मा ८८.९ प्रतिशत विद्युतीय कार खरिद गरिएको तथ्यांक सार्बजनिक भएको छ । सन् २०२४ मा १० जनामध्ये ९ जनाले विद्युतीय सवारीसाधन किनेको उसले तथ्यांक सार्बजनिक गरेको हो ।
मुलुकमा विद्युतीय सवारीसाधनको आकर्षण बढ्दै गएको अवस्थामा वातावरणलाई पनि फाइदा पुगेको छ । यो शून्य उत्सर्जन सवारीसाधनतर्फ देशको संक्रमणमा अर्को कोसेढुङ्गा भएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।
हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार २०२३ को तुलनामा २०२४ मा देशमा कार खरिदको संख्या १.४ प्रतिशतले बढेको छ । सन् २०२४ मा १ लाख २८ हजार ६९१ कार खरिद गरिएको थियो । २०२४ मा खरिद गरिएका सवारी साधनमध्ये १ लाख १४ हजार ४ सय विद्युतीय सवारीसाधन खरिद गरिएको थियो ।
विद्युतीय सवारीसाधनतर्फ देशको परिवर्तनले सन् २०२५ को शून्य उत्सर्जन लक्ष्य हासिल गर्न नजिक ल्याउने विश्वास त्यहाँको सरकारले गरेको छ ।
‘हामीले सन् २०२५ को लक्ष्य हासिल गर्न सकेका छैनौं तर नर्वे जत्तिकै अन्य कुनै पनि देश आउन सकेको छैन,’ ओएफभीका निर्देशक ओविन्ड सोल्बर्ग थोर्सनले पत्रकार सम्मेलनमा भने । विद्युतीय कारको बिक्री ह्वात्तै बढदा लक्ष्य नजिक पुग्न खोृजिरहेको पनि उनले बताए । तर अब पूर्ण दश प्रतिशत प्राप्त गर्न यसरी नै बिक्री कायम गर्नु पर्नेछ ।
कुन ब्रान्डका सबैभन्दा धेरै बिक्री ?
सन् २०२४ मा नर्वेजियन बजारमा सबैभन्दा चर्चित ब्रान्डको प्रभुत्व रहनेछ, जसमा एलन मस्कको टेस्लाले १८.९ प्रतिशतसम्म बिक्री गर्यो, त्यसपछि फोक्सवागन र टोयोटा, भोल्भो र बीएमडब्ल्यू सबैभन्दा बढी बिक्री भएको बिधुतीय सवारी साधानमा गनिएको छ ।
यसका साथै चिनियाँ विद्युतीय कार ब्रान्ड प्रति पनि नर्बेजियन जनताको झुकाव बढेको देखिन्छ । जस्तो कि एमजी, बिवाइडी, पोलस्टार, एक्सपेङ जस्ता चिनिया ब्रान्डको पनि उत्तिकै मात्रामा बिक्री बढेको छ। सन् २०२४ मा देशमा बिक्री हुने शीर्ष १५ ब्रान्डमा चिनियाँ ब्राण्डहरू पनि परेका छन् ।
नर्वेमा कसरी आयो विद्युतीय सवारी साधन
नर्वेले २०१६ देखि शून्य उत्सर्जन वाहनहरूको लागि काम गरिरहेको छ। सन् २०१६ मा मुलुकले सन् २०२५ सम्ममा पेट्रोल र डिजेल सवारी साधनको बिक्री पूर्णरुपमा अन्त्य गर्ने लक्ष्य राखेको थियो । यसका लागि नर्वेले कर छुट, कम टोल, निः शुल्क पार्किङ र सब्सिडी चार्जिङलगायतका सबै कुरालाई जनतालाई विद्युतीय सवारीसाधनतर्फ लैजान लागू गरेको थियो । सेप्टेम्बर २०२४ मा ओएफभी ले रिपोर्ट भनेको थियो नर्वे पहिलो देश हुनेछ, जहाँ सडकमा विद्युतीय कारहरूको संख्या पेट्रोल डिजेल गाडीहरू भन्दा बढी मात्रामा हुनेछ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
