संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
काठमाडौं । संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं।
यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग जन्मन सक्छ। तर, ब्राजिलको एउटा यस्तो गाउँ छ, जहाँ ३० प्रतिशत दाजुभाइहरू आफ्नै दिदी बहिनीसँग एकअर्कासँग सम्बन्ध राख्छन । जसका कारण अहिले उनीहरूमा समस्या देखा परेको छ ।
ब्राजिलको सेरिन्हा डोस पिन्टोस नामक गाउँमा एउटा अनौठो रोग फैलिए पछि यो कुरा बाहिर आएको थियो, जसका कारण बालबालिका आफ्नो खुट्टाबाट हिड्न असमर्थ भएका थिए । जब जीवविज्ञानी सिल्भाना सान्तोसले गाउँको भ्रमण गरिन, उनी सत्य थाहा पाएर छक्क परिन्। यो पहाडी गाउँमा मान्छे उस्तै रहेका थिए । खासमा कोही कतै बाहिरको समुदायसँग बिहेवारी नगरी एक आपसमा बिहे गरिरहेको थिए, त्यो देखेर उनी छक्क परिन्।
सिल्भाना सान्तोसले २० वर्षअघि यस गाउँको भ्रमण गरेकी थिइन्, जुन ब्राजिलको उत्तरी पहाडहरूमा बसोबास गर्ने एकान्त समुदाय हो। यो गाउँमा ५ हजारभन्दा कम मानिस बसोबास गर्छन् र लामो समयदेखि यहाँ रहस्यमय रोग व्याप्त रहेको थियो । धेरै बालबालिकाहरू हिड्ने क्षमता गुमाउँदै थिए तर परिवारहरूले त्यसको कारणबारे भने थाहा पाउन सकिरहेका थिएनन्।
बीबीसीका अनुसार यी बच्चाहरूमा स्पोन सिन्ड्रोम भएको थियो, जुन आमाबाबु दुवैमा उत्परिवर्तित जीन हुँदा हुन्छ। सिल्भानाले यस गाउँलाई एउटा फरक संसार भनेकी छन्, जुन निकै सुन्दर र विस्तारित परिवार जस्तै रहेको छ।
सिल्भानाका अनुसार गाउँ एकदमै एकान्त र विकट भएकाले यहाँ बाहिरी मानिसको प्रवेश न्यून नै रहेको छ । यही कारणले गर्दा यस गाउँमा दाजुभाइसँग दिदी बहिनीहरूको बीचमा विवाह हुने चलन छ । यद्यपि ब्राजिलका धेरै जनजातिहरूमा यस्तो छ तर अन्य ठाउँको तुलनामा यहाँ धेरै नै त्यस्तो अवस्था देखिएको थियो। सिल्भानाले साओ पाउलोदेखि सरिन्हासम्म २ हजार किलोमिटर यात्रा गरी त्यस्तो मानिसहरूसँग कुरा गर्दै समय बिताएकी थिइन र उनीहरूलाई यो अनौठों रोग लागेको थियो। अध्ययनले एक तिहाइ परिवारका बालबालिका स्पान सिन्ड्रोमबाट पीडित रहेको खुलासा भएको छ ।
सिल्भानाको प्रयासले यो रोगलाई पहिलो पटक विश्वव्यापी रूपमा मान्यता दिएको हो । यद्यपि स्पोन सिन्ड्रोमको लागि कुनै उपचार छैन तर सिल्भानाको प्रयासले यो अवस्थाको रोगका बारेमा मानिसहरूको धारणा परिवर्तन भने अहिले गरेको छ। यसलाई ‘स्पास्टिक प्याराप्लेजिया’ पनि भनिन्छ।
जुन एक दुर्लभ न्यूरोडिजेनेरेटिव डिसअर्डर हो, जुन आनुवंशिक उत्परिवर्तनको कारणले हुन्छ। यसको लक्षण किशोरावस्था अघि देखिन सुरु हुन्छ र समयसँगै बढ्दै जान्छ। यसको कुनै उपचार छैन र यसलाई जनचेतनाले मात्र व्यवस्थापन गर्न सकिन्छ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
एफवानसफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
राष्ट्रिय विपदमा शंकर ग्रुपको ४ करोड सहयोग,२५ लाखका टार्पोलिन टेन्ट पनि वितरण
‘ट्विटर’मा निलो चरा फर्किँदै
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

