रिंकु सदा मृत्यु प्रकरणमा आठ जना पक्राउ
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदाको मृत्यु प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।
रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर पीडित परिवारले दिएको जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् । अन्य चार जनाको नाम जाहेरीमा किटान नभएपनि उनीहरु पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।
चन्देश्वर, रामविनोद र कमलेशलाई फागुन ११ मै प्रहरीले पक्राउ गरेको छ । बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा प्रहरीले पक्राउ गरेको थियो भने अन्य चार जनालाई हिजो शुक्रबार लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
घटनामा संलग्न चार जना अझै फरार छन् । उनीहरुको पनि खोजतालस भइरहेको र छिट्टै पक्राउ पर्ने सिरहा प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


