• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १० घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ११ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १२ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १२ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १३ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १७ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १९ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

२०८१ साल चैत महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८१, चैत्र, १

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आर्थिक पक्ष सामान्य रहनेछ भने व्यापार व्यवसायमा पनि सामान्य लाभ रहनेछ । नयाँ कार्य थालनिको लागि उपयुक्त समय नहोला । स्वास्थ्यमा आँखा सम्बन्धी समस्याले सताउन सक्छ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । सानो प्रयासले जीवनशैलीमा बदलाव लेर आउन सकिएला । मान सम्मानका साथ प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । विद्यार्थीहरूको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । साहित्य वा लेखनको क्षेत्रमा निखार आउनेछ । विश्वास मात्रबाट धोखा पाइएला सचेत रहनुहोस् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशिहरूको लागि यो महिना लाभदायक रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ भने सन्तानको प्रगतिलाई लिएर मन प्रसन्न रहनेछ । कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ । कठीन काम पनि सजिलै सम्पादन हुनेछन् । पद प्रतिस्ठामा वृद्धि हुनुका साथै सेवामुलक कार्यबाट आफूलाई चिनाउन सकिनेछ । घर परिवार होस् वा व्यापार व्यवसाय शुभचिन्तकहरूको राम्रो सहयोग मिल्नेछ । शेयर बजारबाट लाभ हुनेछ । पायक स्थानमा भ्रमणका योग छन् । कार्य क्षेत्रमा आटले थप कार्य लिन सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना अत्यन्त शुभ रहनेछ । कार्य क्षेत्रमा पदोन्नतिका योग छन् । पिताको कार्य क्षेत्रमा सम्मान बढ्नेछ । लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ । सरकारी नोकरीको लागि कार्यरत हुनुहुन्छ भने सफलता मिल्नेछ । बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ । जग्गा जमिनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने विवाहका प्रस्ताव आउनेछन् । पारिवारिक उल्झनहरू सुल्झिने छन् । युवा छात्र छात्राहरू मौज मस्तीभन्दा पढाइमा ध्यान दिनुपर्ने हुन्छ । कार्यक्षेत्रमा विशेष पदको जिम्मेवारी मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना कर्कट राशिहरूको लागि उत्तम रहनेछ । समाजमा प्रतिष्ठा बढ्नुको साथै दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ । व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ । साझेदारी व्यापारमा लाभको साथै नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ । व्यापार र आर्थिक कारोबारलाई विस्तार गर्ने उचित समय रहेको छ । घर परिवारमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिहरूको लागि यो महिना सामान्य रहनेछ । आत्मविश्वासमा कमी आउनेछ । यात्रा कष्टदायी रहनेछ । साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनु पर्ने हुन्छ । कार्य क्षेत्रमा बोलीको विपरीत अर्थ लाग्नेछ । चलिरहेको कार्यमा प्रशासनिक र राजकीय पक्षबाट बाधा आउनेछ । नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोस् । आफ्नो सोचलाई सकारात्मक राखेर अगाडि बढ्दा सफलता मिल्नेछ । स्वास्थ्य र आहारविहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ । परिवारमा सम्पत्तिलाई लिएर वाद विवादको सम्भावना रहेको छ । विद्यार्थीहरूलाई पठन पाठनमा मेहनत धेरै गर्नुपर्ला । आकस्मिक धन लाभका योग छन् । व्यापार व्यवसायमा लाभ रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । नोकरी वा पेशामा विवादास्पद मामिलाहरू सुल्झाउन सक्नुहुनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साझेदारी व्यापारबाट लाभ मिल्ला । प्रेम सम्बन्धलाई लिएर सचेत रहनुहोस् । व्यापार व्यवसायमा विस्तारको लागि योजनाहरू बन्नेछन् । दाम्पत्य जीवन सुमधुर रहनेछ । कार्य क्षेत्रमा मेहनतको उचित प्रतिफल मिल्नेछ । युवा वर्गहरूलाई करियरलाइ लिएर सही मार्गदर्शन मिल्नेछ । उद्योग व्यापारबाट धन लाभ हुनेछ । आत्मबलमा वृद्धिको योग छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना सामान्य रहनेछ । उद्योग जगतबाट लाभ प्राप्त होला । शत्रुहरू पराजित हुनेछन् । राजकीय र प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ । शुभचिन्तकहरूको साथ र सहयोगले व्यापार विस्तारको लागि योजनाहरू बन्नेछन् । कार्य क्षेत्रमा लोकप्रियता हासिल गर्न सकिनेछ । पुरुषार्थी कामले लाभ उठाउन सकिनेछ । आर्थिक समस्याहरू सुल्झिनेछन् । पति पत्नीको मामिलाहरूमा केही असमझदारी बढ्न सक्ला । शेयर बजारको कार्यमा जानकारको सल्लाह लिएर निर्णय लिनुहोला । आयआर्जनका नयाँ स्रोतहरू प्राप्त हुनेछन् । विद्यार्थीहरूलाई पठन पाठनमा मन लाग्नेछ र नयाँ सिक्ने मौका मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहनेछ । कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्ला । करियर र कारोबारलाई लिएर सही दिशामा उठाएको कदमले हजुरको सुनौलो भविष्यको निर्माण गर्नेछ । नियमित दिनचर्यामा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् । आयुर्वेद वा मेडिकलको क्षेत्रमा विशेष सफलता मिल्नेछ । प्रेम सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला । व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् । सन्तान पक्षबाट कुनै सुखद समाचार मिल्नेछ । व्यापार व्यवसायको विस्तारको लागि शुभ समय रहेको छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । कार्यक्षेत्र होस् या व्यापार व्यवसाय मनमा चिन्ता रहनेछ । आफन्तहरूको भने जस्तो साथ र सहयोग नमिल्ला । कार्य क्षेत्रमा सीनियर वा जुनियर दुवै पक्षबाट प्रशंसा मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला । प्रेम सम्बन्ध सुमधुर रहनेछ । कानूनी मामिलाहरूमा पक्ष कमजोर हुन सक्ला सावधान रहनुहोला । जीवनसाथीको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् । कुनै विशिष्ट व्यक्तिसंगको भेटघाटले मन आनन्दित रहनेछ । इष्टमित्रहरूबाट सहयोग पाइएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि यो महिना मिलाजुला रहनेछ । कार्य क्षेत्रमा विरोधीहरूबाट सतर्क रहनुपर्ने हुन्छ । जग्गा जमिन वा सामान किनबेच गर्नुभन्दा अघि कागजातको जाँच अवश्य गर्नुहोस् । विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ । धैर्य र पराक्रम वृद्धि हुनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला । कार्य क्षेत्रलाई लिएर अर्थपूर्ण यात्रा गर्नुपर्ला । मनमा रहेको शंकाहरूको समाधान हुनेछ । स्वास्थ्यले साथ दिनेछ । साथै पुरानो रोगबाट मुक्ति पनि पाइएला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । व्यापार व्यवसायमा लाभ रहनेछ । यस्तो कुनै वाचा नगर्नुहोला जुन कुरा भविष्यमा निभाउन गाह्रो हुनेछ । आफ्नो क्षमताभन्दा धेरै कसैसंग तुलना नगरौँ । उद्योग व्यापारमा बजारको भाउ तलमाथि रहन सक्छ । जीवन साथीको भावनालाई वेवास्ता नगर्नुहोस् । स्वरोजगारको प्रयासमा सफलता मिल्ला । प्रतिष्ठित व्यक्तिहरूबाट धोखा मिल्न सक्छ । स्वास्थ्यले साथ दिनेछ । विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ । साना बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस् । कार्य क्षेत्रमा प्रतिभाको उचित मूल्यांकन हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिना मीन राशि हुनेहरूलाई श्रेष्ठ रहनेछ । समाजमा मान सम्मान बढ्नेछ । राजनीतिक पेशामा प्रभाव बढ्नेछ । कार्य क्षेत्रमा गरेका कार्यहरूको प्रशंसा हुनेछ । जग्गा जमिन र वाहनको किनबेचमा सफलता मिल्नेछ । कार्य क्षेत्रमा हतारिएर निर्णय नलिनुहोला । कमजोरी प्रति टिप्पणी वा गुनासो बढ्नेछ । लगनशीलताले लक्ष्य सम्म पुग्न गाह्रो नहोला । प्रेम सम्बन्धलाई गुप्त राख्ने प्रयास गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । आफन्तहरूको साथमा भ्रमण वा स्वादिष्ट भोजनको प्राप्ति होला । जीवनसाथीबाट उपहार पाइएला । नयाँ क्षेत्रमा उद्योग व्यापार प्रारम्भ गर्न सक्नुहुनेछ ।

– ज्याे. पं. धर्मेन्द्र कृष्ण पौडेल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.