जब हुनेवाला ससुरा आफ्नो पुर्व प्रेमी परे पछि
लन्डन । स्कटल्याण्डबाट एउटा यस्तो घटना बाहिर आएको छ, जसले सबैलाई चकित बनाएको छ । बिहेको तयारीमा व्यस्त रहेकी एउटी युवती क्रिस्टिना मार्कले आफ्नो हुने ससुरा आफ्नो पूर्व प्रेमी अरु कोही नभएको थाहा पाएपछि उनको हुनेवाला नयाँ संसार नै चकनाचुर भएको छ ।
यो सनसनीपूर्ण गोप्य खुलासाले युवती र उनको प्रेमीबीचको सम्बन्धमा मात्रै तनाव उत्पन्न भएको छैन, परिवारमा पनि ठुलो हंगामा मच्चिएको छ।
पोडकास्टमा आफ्नो कथा साझा गर्दै ती महिलाले भनिन् कि केही समय पहिले उनले अनलाइन डेटिङ एपमा एक युवकलाई भेटेकी थिइन । बिस्तारै कुराकानी बढ्यो, मित्रता गहिरियो र त्यसपछि यो सम्बन्ध प्रेममा परिणत भयो। दुवैले विवाह गर्ने निर्णय पनि गरे । सबै कुरा सुन्दर सपना जस्तो लाग्थ्यो तर एक भेटले उनको जीवन परिवर्तन गर्यो।
जब युवकले ती युवतीलाई आफ्ना आमाबुवासँग चिनाउने विचार गरे, उनी निकै उत्साहित भइन् । तर युवकको बुबालाई भेट्ने बित्तिकै उनको खुशी स्तब्ध भयो। महिलाले तुरुन्तै आफ्नो पुरानो प्रेमीलाई चिनिन्। ती युवकका बुवा उमेरले खासै बूढो देखिँदैनन्, त्यसैले उनलाई पहिले डेट गर्ने निर्णय गरेको उनले बताइन् ।
यो खुलासापछि महिला गहिरो भ्रममा परेकी छन् । एकातिर उनी आफ्नो मंगेतरलाई साँच्चै माया गर्छिन्, अर्कोतर्फ उनको विगतको तितो सत्यले उनलाई आराम गर्न दिइरहेको छैन। परिवारमा समेत अन्यौलको वातावरण सिर्जना भएको छ । अब यो आँधीपछि पनि आफ्नो सम्बन्ध अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने कुरा यो जोडीले नै तय गर्नेछन् ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

