अन्ततः भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक,भारत सरकारद्धारा आशयपत्र जारी
नयाँ दिल्ली । स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो । तर, अब भारत सरकारले स्टारलिङ्कलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ ।
आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ अगाडि बढ्न चाहन्छन् भन्ने बुझाउँछ । स्रोतका अनुसार दूरसञ्चार विभागले स्टारलिङ्कलाई आशय पत्र जारी गरेको हो ।
रिपोर्टका अनुसार यसअघि जियो स्याटेलाइट कम्युनिकेसन र युटेलस्याट वन वेबलाई पनि सोही इजाजतपत्रको लागि स्वीकृति दिइएको थियो। आशय पत्र प्राप्त गर्नुको अर्थ अब स्टार लिंकले आफ्नो सेवा सुरु गर्न अर्को कदम चाल्न सक्छ भन्दा गलत हुनेछैन किनकी स्टारलिंकलाई भारत सरकारबाट हरियो संकेत प्राप्त भएको छ।
स्टारलिङ्क एलन मस्कले सन् २००२ मा सुरु गरेका थिए, यस कम्पनीको उद्देश्य स्याटेलाइट मार्फत विश्वको हरेक कुनामा उच्च गतिको इन्टरनेट उपलब्ध गराउनु हो। अन्य स्याटेलाइट सेवाहरूको तुलनामा स्टारलिङ्क अलि फरक छ । इन्टरनेट उपलब्ध गराउने उपग्रहहरू सामान्यतया पृथ्वीबाट ३६ हजार किलोमिटर टाढा जियो स्टेशनरी अर्बिटमा हुन्छन् तर स्टारलिंक तल्लो अर्थको कक्षमा अवस्थित छ, जुन पृथ्वीबाट मात्र ५५० किलोमिटर माथि रहेको छ।
हाल स्टारलिंकसँग ७ हजार स्याटेलाइट नेटवर्क छन्, जसलाई आगामी दिनमा ४० हजार पु¥याउने लक्ष्य कम्पनीको रहेको छ । इन्टरनेट स्पिडको बारेमा कुरा गर्दा, नियमित प्रयोगकर्ताहरूले ५० एमबीपिएस देखि २५० एमबीपीएस सम्मको स्पीड पाउँछन्, जबकी प्रिमियम प्लानहरू छनौट गर्ने प्रयोगकर्तालाई कम्पनीले ५०० एमबीपीएस सम्मको स्पीड दिन्छ।
सम्बन्धित समाचार
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

