रियाल मड्रिड बन्याे विश्वको धनी फुटबल क्लब
जानकारी केन्द्र
२०८२, जेष्ठ, १९
काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।
फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ।
फोर्ब्सको सूचीमा ६.६ अर्ब अमेरिकी डलर सम्पतीसहित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडले सन् २०२३–२४ सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो ।
यसैगरी बार्सिलोना, लिभरपुल र म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) तेस्रोदेखि १०औं स्थानमा छन् ।

सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

