बैंकहरूको निक्षेप संकलन साढे ६९ खर्ब नजिक, वाणिज्य बैंकको मात्रै ६२ खर्बमाथि
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन करिब साढे ६९ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको जेठ २० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६९ खर्ब ४५ अर्ब पुगेको हो । उक्त रकम हाल सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थले संकलन गरेको निक्षेप रकम हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपमध्ये वाणिज्य बैंकहरुको मात्रै ६२ खर्ब भन्दा माथि रहेको छ । जेठ २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ६२ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ ।
जेठ २० गतेसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब ३१ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ । अहिले बैंकहरुको सीडी रेसियो ७८।७८ प्रतिशत रहेको छ । त्यस्तै अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
अहिले बैंकमा अधिक तरलताको अवस्था रहेकाले केन्द्रीय बैंकले नियमित रुपमा बैंकहरुबाट रकम उठाइरहेको छ ।
सम्बन्धित समाचार
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


