बारा जंगलमा बाख्रा चराउन गएका गोठालालाई बाघले खायो
बारा। बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ।
मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताए ।
बाख्रा चराउने कामदारको रुपमा काम गर्दे आएको ५५ को चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएकोमा घरमा फर्किएर नआएको र आफन्तहरुले प्रहरी लाई मंगलवार साँझ खबर गरेका थिए । खबर पछि ईलाका अम्लेखगंज सहितको टोली र स्थानीय मानिस खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक बनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा भुलनको शरीर मृत फेला परेको र जम्मा २७ वटा जिउदो बाख्रा मात्र फेला परेको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको तथा घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

