राङ्गी गाउँको विधुत ट्रान्सफर्मर चोरी, सैयौं परिवार खानेपानीबाट बञ्चित
सञ्जय मिश्रा
रौतहट। रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिका ११ राङ्गी गाउँस्थित संचालित खानेपानी आयोजनाको बिधुत ट्रान्सफर्मर चोरी भएको छ।
सो ट्रान्सफर्मर चोरी भएसँगै गाउँका सैयौं परिवार खानेपानीबाट बञ्चित भएका छन्।
मंगलबार राती अज्ञात चोर समूहले विधुतको लाईन काटेर खानेपानीको ५० केवी क्षमताको ट्रान्सफर्मर चोरी गरेका हुन्। चोर समूहले ट्रान्सफर्मर तल झारेर सो भित्र रहेको महँगा तामाका केबुल चोरेर लागेको स्थानीयले बताएका छन्।
गाउँ बाहिर रहेको खानेपानी आयोजनाको बिधुत ट्रान्सफर्मर चोरी बारे बुधवार बिहान थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। ट्रान्सफर्मर चोरी भए पछि अहिले राङ्गी गाउँको खानेपानीको आपूर्ति ठप्प भएको छ।
यस्तो गर्मीको मौसममा खानेपानीको आपूर्ति बन्द हुँदा १०० भन्दा बढी परिवारलाई ठुलो सास्ती भएको समाजसेवी हरी कोईरालाले बताए।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमूख इन्स्पेक्टर सुरेन्द्र यादवले चोरीको घटना बारे आफूहरुले बुधबार बिहान ११ बजे थाहा पाउने बितिकै स्थलगत निरीक्षण गरेको न्युजकारखानालाई बताए ।
ट्रान्सफर्मर चोरी मंगलवार राती ११–१२ बजेको बीचमा भएको हुनुपर्छ। फतुवा बिजयपुर एरियामा मंगलवार राति १२ भएपछि पानी परेको थियो र चोरी भएको स्थानमा राखिएको प्लास्टिक माथि पानीको थोपा देखिएको छ। ट्रान्सफर्मर चोरी गर्ने कुनै नयाँ गिरोह सक्रिय भएको अनुमान गर्दै घटनाको अनुसन्धान भईरहेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।
केही वर्ष अघि पनि राङ्गी गाउँको सोही खानेपानी आयोजनाको विधुत ट्रान्सफर्मर चोरी भएको थियो। ईलाका प्रहरी कार्यालय बिजयपुरका तत्कालीन प्रमुख इन्स्पेक्टर चन्द्रकान्त साह घटनाको गहन अनुसन्धान गरी चोरीमा संलग्न ५ जना लाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैजना आरोपहरु पुर्पक्षका लागि जेल चलान भएर अहिलेसम्म छुटेका छैनन्। त्यस पछि ट्रान्सफर्मर चोरीको घटना प्रायः बन्द भएको थियो।
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

