ग्रीस पठाइदिन्छु भन्दै ३७ लाख ठगी गर्ने बराम पक्राउ
जानकारी केन्द्र
२०८२, असार, १०
काठमाडौं । वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिने बहानामा मोटो रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-४ का २९ वर्षीय राजेश बराम रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बराम काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्दै आएका थिए।
चार जनाबाट ३७ लाख रुपैयाँ रकम लिएपछि बराम फरार भएका थिए। आचार्यका अनुसार बराम फरार भएपछि पीडित प्रहरीको सम्पर्कमा आए।
निवेदन दिएपछि प्रहरीले खोजी सिलसिलामा सोह्रखुट्टेबाट पक्राउ गरेको आचार्यले बताए। बरामदलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

