Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

२०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, असार, १६
२०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

मेष–

पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि  सावधान रहनु होला,  । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन,  ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला ।

वृष–

कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन्, नसोचेको सम्मान मिल्ने दिन छ । पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।

मिथुन–

कामबाट  सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला ।अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिलनेछ ।  लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।

कर्कट–

व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला ।

सिंह–

स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ  होस पुर्याउनु होला ।बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला, निको भएको रोगले पुन सताउन सक्छ  ।समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले  सताउने योग छ सावधान रहनु होला ।

कन्या–

परिवार सँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ ।

तुला–

आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योेग रहेको छ । अरुको विस्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला  ।

वृश्चिक–

मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ ।अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।

धनु–

धेरै श्रमगरे पनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।आज आर्थिक  संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।

मकर–

खर्च बढने र स्वास्थय कम्जोर भइ काममा अवरोध आउनेछ । कुराकाटनेहरु बढनेछन सावधान रहनु होला ।नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।  गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ ।  अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।

कुम्भ–

दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ ।सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ  ।दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनको काम पनि होला /

मीन–

आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरैकाम बन्नेछन धनपनी मनग्य कमाउनु  होला साथै  भाग्य पनि बलियो छ ।परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।

-ज्यो. प. तुलसी भारद्वाज

Top Changing Nepal

युट्युब सट्स