रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
काठमाडौं । रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले सिर्जना गरेको भयावह परिस्थितिमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो चिन्ता व्यक्त गर्दै संयमित रहन सबैलाई आग्रह गरेको छ।
संघले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढीका कारण केवल जनधनको क्षति नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी हुँदै हुने अटोमोबाइल आयात प्रणालीमा पनि ठूलो असर परेको जनाएको छ । निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको प्रारम्भिक जानकारी आएको संघले उल्लेख गरेको छ ।
नाडाले संकटका यस घडीमा आफ्नो घर, व्यवसाय र जीवन गुमाएका सम्पूर्ण प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै अटोमोबाइल व्यवसायसँग सम्बन्धित सबै सदस्यलाई संयमित र सहयोगी रहन आग्रह गरेको छ ।
संघले अटोमोबाइल क्षेत्रलाई जस्तै अन्य क्षेत्रमा पनि असर परेको र संकट समाधानका लागि एकआपसमा सहयोगको भावना जरुरी भएको जनाएको छ ।
‘यदि यस्ता विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने, जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ, संकटको यस घडीमा हामी सबै मिलेर करुणा, ऐक्यबद्धता र सहयोगका साथ अगाडि बढ्न जरुरी छ ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


