कृषि विकास बैंकको नाफा बढ्यो
काठमाडौं । कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा नाफा वृद्धि गरेको छ। गत आव ०८१/८२ को तेस्रो चौमासिक अवधिको तथ्यांकअनुसार बैंकले गत आवमा ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवमा यस्तो नाफा २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ मात्रै गरेको थियो ।
बैंकले गत आवमा खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख ८४ हजार आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आवको सोही अवधिमा १० अर्ब ५५ करोड २७ लाख ८१ हजार रुपैयाँ गरेको थियो । बैंकले गत आवमा कुल सञ्चालन आम्दानी भने केही ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार गरेको छ । जुन आम्दानी अघिल्लो आवमा यस्तो आम्दानी १२ अर्ब २२ करोड २ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।
बैंकले गत आवमा कुल सञ्चालन नाफा ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ गरेको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिमा ४ अर्ब १३ करोड ८८ लाख ५८ हजार रुपैयाँ गरेको थियो ।
बैंकले गत आवमा प्रतिशेयर नाफा १५.५८ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । बैंकको जोखिमभारित पुँजीकोष भने अघिल्लो आवको तुलनामा वृद्धि भएर १३.३६ प्रतिशत पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिसम्म १२.७४ प्रतिशत रहेको थियो ।
सम्बन्धित समाचार
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


