काठमाडौँ । मंगलबारको जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट्सका २८ वटा स्टोरमध्ये २१ वटा स्टोरमा क्षति पुगेको छ। केवल सात स्टोरमा तोडफोड वा क्षति नभएको भाटभटेनीले जनाएको छ।
भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको छ।