२०८२ साल कार्तिक १३ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष राशि–
नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताने मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरु स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछयाउनेछन्।
वृष राशि–
आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन्। अरुको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य नाम लिन सकिनेछ ।
मिथुन राशि–
नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ, साथै बाध्यतामा अल्मलिनुपर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्।
कर्कट राशि–
आज धन लाभको सम्भावना छ , साथै टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।
सिहं राशि–
मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। विशेष योजनाहरु बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
कन्या राशि–
रामो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्नेछ ।
तुला राशि–
पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले रामै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ ।
वृश्चिक राशि–
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरुलाई प्रभावित पारेर काम बनाउने समय छ।
धनु राशि–
मेहनतने प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राबै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरुबाट अति धोका पाइने सम्भवना छ, सचेत रहनुहोला, काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ।
मकर राशि–
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको रामै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीने सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएना । नयाँ काममा हात हाल्न केही समय पर्खदा राम्रो हुनेछ ।
कुम्भ राशि–
अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । गरिएका रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउने छन् । बोलीको प्रभाव एवम् कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम,इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दाहित्त्व बढ्ने छ ।
मीन राशि–
होसियारीसाथ काम लिनुपर्ने समय छ । फाइदाका पछि नाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले कीर्ति दिलाउनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


