सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक
काठमाडौं । सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी (finPOS Mini) पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।
फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा (Visa), मास्टरकार्ड (Mastercard), युपिआइ (UPI), र नेपालपे (NepalPay) लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर (NepalPay QR), फोनपे (Fonepay) र स्मार्टक्युआर (SmartQR) जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।
साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ। कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक (Global IME Bank), माछापुच्छ्रे बैंक (Machhapuchhre Bank), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (Nepal Investment Mega Bank) र सिद्धार्थ बैंक (Siddhartha Bank) ले Letter of Intent (LOI) हस्ताक्षर गरी फिनपस मिनी लाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरे। सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा POS सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ।
फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ। सिटीटेकका प्रमुख कार्यकारी आधिकृत श्री सजन शर्माले भन्नू भयो, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


