Jankari Kendra
१२ आश्विन २०८३, सोमबार
Worldlink

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, ६
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एक महत्वपूर्ण खेल हुँदैछ। टियु क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

जारी प्रतियोगितामा दुवै टिमले एक–एक खेल खेलिसकेको छ। पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई हराउँदै शानदार सुरुवात गरेको छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्दलगायत राष्ट्रिय टिमका खेलाडी छन्। त्यस्तै टिममा डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता स्टार विदेशी खेलाडीको उपस्थितिले टिम बलियो देखिन्छ।

उता, दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स पनि समान रूपमा सशक्त देखिन्छ। टिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारीलगायत राष्ट्रिय खेलाडी तथा जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडी छन्।

आजको सामना दुवै टिमका लागि महत्वपूर्ण मानिएको छ, विशेष रूपमा पोखरा एभेन्जर्स हार पश्चात् जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिनेछ।

Top Changing Nepal

युट्युब सट्स