• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ ०६, २०८२
सोमबार, माघ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ६. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

अन सिन प्रदर्शनीसँगै आर्टुडियो पाटन विंगको शुभारम्भ

काठमाडौं । आर्टुडियोले अन सिन नामक पप-अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ। २१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्। आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता दर्शाएको छ।

आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप अन सिनको जन्म भएको हो। यहाँ प्रस्तुत भएका कलाकृतिहरू भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवबाट सिर्जना भएका हुन्। प्रत्येक कलाकृतिले सहभागी कलाकारहरूको व्यक्तिगत संसारको झल्को दिन्छ जहाँ उनीहरूले देखेका मौलिक अनुभूति र दृष्टिकोणहरू रेखा, स्पर्श, रंग, अमूर्त आकार, लय र दृश्य संरचनाहरू मार्फत प्रस्तुत भएका छन्।

अन सिन शीर्षकले कला, सिर्जना र भावनाहरू बुझ्ने क्षमतालाई इंगित गर्छ, जुन प्रायः परम्परागत कला वा सामाजिक संरचनाहरूभित्र छुटिरहेको हुन्छ। प्रदर्शनीले दर्शकहरूलाई सुस्तरी अवलोकन गर्न, संवेदनशीलतापूर्वक नियाल्न र भाषिक वा शैक्षिक सीमाभन्दा परका अभिव्यक्तिसँग भावनात्मक रूपले जोडिन आग्रह गर्दछ।

“ अन सिन अटिजमसँग सम्बन्धित प्रदर्शनी होइन, यो त आफ्नै तरिकाले संसारलाई बुझ्ने र देखाउने कलाकारहरूको प्रदर्शनी हो,” क्युरेटर कैलाश के. श्रेष्ठ भन्छन्। “उनीहरूको अभ्यासले कलालाई पहिचानको माध्यम र सम्भावनाको क्षेत्रका रूपमा उजागर गर्छ जहाँ बाहिरी नियमहरूले कुनै बाधा गर्दैनन्।”

अन सिनको अघिल्लो संस्करण सहभागी कलाकारहरूका लागि एक महत्वपूर्ण उपलब्धि बनेको थियो जहाँ ९ वटा कलाकृति बिक्री भएका थिए। यो अटिजम भएका ती कलाकारहरूको पहिलो आम्दानी थियो। अन सिनको यो संस्करणले सोही उपलब्धिलाई थप अगाडि बढाउँदै कलाकारहरूलाई अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर दिन्छ।

आर्टुडियोको पाटन विंगलाई अन सिनबाट सुरु गर्नु आर्टुडियोको उदार, समावेशी सहकार्य र सामुदायिक सशक्तिकरणप्रतिको निरन्तर प्रतिबद्धताकै संकेत हो। यसले प्रायः नसुनिएका आवाजहरूबाट नयाँ मंचको सुरुवात गर्दै समकालीन कला र न्युरोडाइभर्स सृजनात्मकताबारे नेपालमा नयाँ बहसको थालनी गरेको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    ताजा

    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

    २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    • २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.