स्वास्थ्य मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु
जानकारी केन्द्र
२०८२, मंसिर, २५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि सिंहदरबारबाट सेवा प्रवाह पुनः सुरु गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालित मूलभूत सेवाहरू मङ्सिर २३ गतेदेखि सिंहदरबारमा सारेर सञ्चालन गरिएको जनाएको छ।
सूचनामा मन्त्रालयले केही महाशाखा, शाखा र एकाइका सेवाहरू भने अहिले पनि साबिककै स्थान—रामशाहपथ—बाट नै निरन्तर प्रवाह भइरहेको र छिट्टै ती सबै सेवाहरू पनि आवश्यक व्यवस्थापछि सिंहदरबारमै एकीकृत रूपमा सञ्चालन हुने जानकारी दिएको छ।
रामशाहपथस्थित मन्त्रालयको भवनमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि मन्त्रालयको सेवा अस्थायी रूपमा स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट प्रवाह हुँदै आएको थियो। अब चरणबद्ध रूपमा सबै काम सिंहदरबारमै केन्द्रित गरिने मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
