काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको छ। बजारमा व्यापक खरीद चाप देखिँदा समग्र कारोबार पनि उत्साहजनक बनेको हो।
आज ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसदिन फाइनान्स र विकास बैंक समूहमा बलियो बुल देखिएको छ। फाइनान्स समूहको सूचक ५.७३ प्रतिशतले उक्लिएको छ भने विकास बैंक समूह ३.०३ प्रतिशतले बढेको हो। बजारका १३ वटै उपसूचक हरियालीमा बन्द भएका छन्।
कारोबार अवधिमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ। ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। आज सागर डिस्टिलरी, उन्नती सहकार्य, श्रीनगर र गोर्खाज फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा लगानीकर्ताको मनोबल थप उच्च बनाएको छ।




