नेप्से आज घट्यो कि बढ्यो ?
जानकारी केन्द्र
२०८२, माघ, ८
काठमाडौं । मंगलबार उल्लेखनीय सुधार देखिएको शेयर बजारमा बुधबार भने करेक्सन देखिएको छ। लगानीकर्ताहरू नाफा बुक गर्नतर्फ आकर्षित हुँदा बजारमा केही गिरावट आएको हो। यद्यपि समग्र बजारमा सामान्य रूपमा सकारात्मक लय भने कायम नै रहेको देखिन्छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घट्दै २,७०५.३८ बिन्दुमा कायम भएको छ। यस दिन ३२४ कम्पनीका २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ९२ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
क्षेत्रगत सूचकतर्फ वाणिज्य बैंक समूह ०.१८ प्रतिशत, विकास बैंक समूह ०.५९ प्रतिशत, फाइनान्स समूह १.६७ प्रतिशत तथा होटल तथा पर्यटन समूह १.८८ प्रतिशतले घटेको छ।
बुधबारको कारोबारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ। ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

