कृषि विकास बैंकको नाफा २६ प्रतिशत घट्यो, आम्दानीमा वृद्धि
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ९५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। यसले बैंकको नाफा २६ प्रतिशतभन्दा कम भएको देखाउँछ।
तर तथ्यांक अनुसार बैंकको आम्दानीमा वृद्धि देखिएको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँबाट बढेर चालू आवको पुस मसान्तसम्म ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। खुद फी तथा कमिशन आम्दानी ६१ करोड ७४ लाख रुपैयाँबाट बढेर ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा भने १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ लाख रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँबाट घटेर ९.८९ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२४.३७ रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा ४.९० प्रतिशतबाट घटेर ४.६५ प्रतिशतमा पुगेको छ। वितरणयोग्य मुनाफा ७१ करोड ९८ लाख रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा करिब ७२ करोड रुपैयाँ र रिजर्भमा १७ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ। बैंकले २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

