एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा
काठमाडौं । नेपालका लागि जिली ईएक्स ५ को आधिकारिक वितरक एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली ईएक्स ५ सार्वजनिक गरेको छ । सामान्य बजार समय–तालिका भन्दा निकै अगावै नयाँ मोडलको उपस्थितीलाई कम्पनीले उल्लेखनीय उपलब्धि बताएको छ ।
कम्पनीका अनुसार, नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायःवर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिली ईएक्स ५ नेपाली बजारमा उपलब्ध गराउन सफल भएको हो । जसले नेपाली उपभोक्तामा नवीनतम विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई तत्कालै सर्बसुलभ गराउने कम्पनीको प्रतिबद्धतालाई पुष्टि गरेको जनाइएको छ ।
जिली ईएक्स५ खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूका लागि यो खबर अत्यन्तै सकारात्मक रहेको कम्पनीले बताएको छ । अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।
थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली ईएक्स ५ मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोन सँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको जनाइएको छ ।

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स५ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।
“नेपाली ग्राहकहरुलाई ढिलाई नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,’ एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, ‘इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स ५ ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”
“ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दछ,” श्रेष्ठले थपे ।
यस्तो प्रारम्भिक उपलब्धताले ग्राहकहरूलाई पुरानो वा आउट गोइङ मोडलको सवारीसाध नखरिद गर्नुपर्ने अवस्थाबाट बचाउँछ । यस कदमले एलआरआर मोटर्सलाई बजार समय तालिकाभन्दा अघि रहन र ग्राहकको अपेक्षा पूरा गर्न प्रतिबद्ध अग्रणी ब्रान्डको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

समयमै गरिएको सार्वजनिकरणसँगै, एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा विश्वस्तरीय सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउने लक्ष्यप्रति केन्द्रित अग्रगामी अटोमोबाइल कम्पनीको रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
आज तीन प्रदेशमा हल्का बर्षा हुने
एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि.द्वारा नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक, १० वटा जेसीबी मेसिन ग्राहकलाई हस्तान्तरण
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
विश्व मोबिलिटीको भविष्य देखाउँदै ओमोडा र जेकोको अन्तर्राष्ट्रिय युजर समिट २०२६
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना
सीजी एलईडीको उज्यालोसँग यस तिहारलाई बनाऔँ अझै झिलिमिली र विशेष
ट्रेन्डिङ
लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु,एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (टीएम १ पीकअप) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
यामाहाको ‘चङ्गा चेट’ अभियानमा १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज विजेता घोषणा
नेप्सेमा सामान्य सुधार, कारोबार रकम साढे सात अर्ब नाघ्यो
चितवनको राप्ती नदीको किनारमा ‘द पोस्टकार्ड’ लक्जरी रिसोर्ट खुल्दै
