Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, ८
अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

काठमाडौँ । रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वास्थ्यमा समस्या देखिएपछि बिहिबार साझँ काठमाडौँ फर्किएका छन्। पार्टी स्रोतका अनुसार उनी सुर्खेतमा कार्यक्रम सकेपछि बिहिबार साझँ हवाईमार्गबाट काठमाडौँ आएका हुन् ।

आज दाङको घोराहीमा आयोजना गरिएको आमसभामा पार्टी सभापति रवि लामिछानेसँग बालेनले संयुक्त सम्बोधन गर्ने कार्यतालिका थियो । तर स्वास्थ्यमा समस्या देखिएपछि उनी कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी पार्टीले दिएको छ ।

निकट स्रोतका अनुसार बालेनले चिकित्सकको परामर्शअनुसार स्वास्थ्य परीक्षण गराएका छन् र केहि समय आराम गर्न सुझाव दिइएको छ । स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक नगरिएपनि अवस्था गम्भीर नरहेको बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स