निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा शिक्षक,प्राध्यापक तथा स्वास्थ्यकर्मीलाई राजनीतिक प्रचारप्रसारबाट टाढा रहन पुनःसचेत गराएको छ । आचारसंहिता उल्लघंन गरे कडा कारबाहि हुने आयोगले स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केहि शैक्षिक तथा सरकारी कर्मचारीहरु दल र उम्मेदवारको पक्षमा सक्रिय भएको भन्ने उजुरी आयोगमा प्राप्त भएपछि निगरानी कडा पारिएको हो। निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयमुक्त बनाइराख्न आयोगले आचारसंहिता ,२०८२ कार्यान्वयनमा कडाइ गरिरहेको जनाएको छ ।
निर्वाचनको स्वतन्त्रता,पारपदर्शिता र भयमुक्त वातावरण कायम कायम राख्न आयोगले निर्वाचन आचारसंहिता,२०८२ लागू गरिएको छ । उक्त आचारसंहिताअनुसार विद्यालय,महाविद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक,प्राध्यापक र कर्मचारीले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने स्पष्ट व्यवस्था छ । साथै,शैक्षिक संस्थासम्बद्ध सवारीसाधन,भवन वा अन्य स्रोतसाधन चुनावी प्रयोजनका लागि प्रयोग गर्न दिनसमेत निषेध गरिएको छ।
त्यसैगरी,शिक्षा ऐन,२०२८ अनुसार कुनै शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा रहेको पाइए पदबाट हटाउन सकिने कानुनी प्रावधान प्रावधन रहेको आयोगले स्मरण गराएको छ।
आयोगले सबै सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लघंन भएको पाइए कानुनबमोजिम कारबाही अघि बढाइने चतावनी दिएको छ । साथै,निर्वाचनलाई मर्यादित,मितव्ययी र विश्वासनीय बनाउन राज्यका विभिन्न निकाय तथा कर्मचारी वर्गले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा आयोगले जोड दिएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
