निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा शिक्षक,प्राध्यापक तथा स्वास्थ्यकर्मीलाई राजनीतिक प्रचारप्रसारबाट टाढा रहन पुनःसचेत गराएको छ । आचारसंहिता उल्लघंन गरे कडा कारबाहि हुने आयोगले स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केहि शैक्षिक तथा सरकारी कर्मचारीहरु दल र उम्मेदवारको पक्षमा सक्रिय भएको भन्ने उजुरी आयोगमा प्राप्त भएपछि निगरानी कडा पारिएको हो। निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयमुक्त बनाइराख्न आयोगले आचारसंहिता ,२०८२ कार्यान्वयनमा कडाइ गरिरहेको जनाएको छ ।
निर्वाचनको स्वतन्त्रता,पारपदर्शिता र भयमुक्त वातावरण कायम कायम राख्न आयोगले निर्वाचन आचारसंहिता,२०८२ लागू गरिएको छ । उक्त आचारसंहिताअनुसार विद्यालय,महाविद्यालय तथा विश्वविद्यालयमा कार्यरत शिक्षक,प्राध्यापक र कर्मचारीले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने स्पष्ट व्यवस्था छ । साथै,शैक्षिक संस्थासम्बद्ध सवारीसाधन,भवन वा अन्य स्रोतसाधन चुनावी प्रयोजनका लागि प्रयोग गर्न दिनसमेत निषेध गरिएको छ।
त्यसैगरी,शिक्षा ऐन,२०२८ अनुसार कुनै शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा रहेको पाइए पदबाट हटाउन सकिने कानुनी प्रावधान प्रावधन रहेको आयोगले स्मरण गराएको छ।
आयोगले सबै सरोकारवाला पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लघंन भएको पाइए कानुनबमोजिम कारबाही अघि बढाइने चतावनी दिएको छ । साथै,निर्वाचनलाई मर्यादित,मितव्ययी र विश्वासनीय बनाउन राज्यका विभिन्न निकाय तथा कर्मचारी वर्गले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा आयोगले जोड दिएको छ।
सम्बन्धित समाचार
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

