शक्तिशाली,स्टाइलिश र स्मार्ट रेडमी नोट १५ फाइभ जी नेपालमा
काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट १५ ५जी नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, नोट १५ ५जी को डिजाइन र बनावटको कुरा गर्नुपर्दा तीन आकर्षक रंग ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्ने कम्पनीको दाबी छ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने कम्पनीले बताएको छ ।
रेडमी नोट नोट १५ ५जी मा ५५२० मेगाहर्ज ब्याट्री रहेको बताइएको छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिने कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार, प्रिमियम डिस्प्ले रहनुका साथै उच्च प्रदर्शन दिने यस फोनलदे ६.७७–इन्च ओ एलइडी डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४० हर्ज पिडब्लुएम डिमिङले आँखालाई सहजता दिने बताइएको छ । स्मार्टफोन स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर (४ एनएम आर्किटेक्चर) र २४ जिबीसम्म र्याम सपोर्टसहित उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गर्नेछ ।
फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तर रहेको यस रेडमी नोट १५ ५जी मा १८० एमपी मुख्य क्यामेरा,८ एमपी अल्ट्रा–वाइड क्यामेरा, र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ । डुअल स्पिकरर्स र एआई पोट्र्रेट,डायनामिक सटहरु २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन र अझ रोचक बनाउने बताइएको छ ।

यस फोनको सुरक्षा, मजबुती र दिगोपनको कुरा गर्नुपर्दा इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट १५ ५जी मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ,र वेट टच टेक्नोलाजी २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुने कम्पनीले बताएको छ ।
यो स्मार्टफोन १२ जिबी+५१२ जिबी को रु. ४६ हजार ९ सय ९९ र ८ जिबी +२५६ जिबीको रु. ३९ हजार ९ सय ९९ मा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

