फोर्थिङद्वारा ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ को घोषणा: ७ लाखसम्मको विशेष सुविधा
काठमाडौँ । फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि.ले काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) २०८२ चैत ६ देखि ८ गतेसम्म (२० र २२ मार्च २०२६) आयोजना हुने ”फोर्थिङ एक्सचेन्ज फेस्ट” को घोषणा गरेको बताएको छ।
यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोर्थिङ फ्राइडे सँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्ने जनाइएको छ।ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्, जसमा निम्न सुविधाहरू समावेश छन् :-
1.एक्सचेन्ज बोनसः हालको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरी नयाँ गाडीमा अपग्रेड गर्न सहज बनाइने।
2.नगद छुटः नयाँ फोर्थिङ फ्राइडको खरिदमा आकर्षक नगद छुट।
3.१ वर्षको अटो प्लस बीमाः यात्राको पूर्ण निश्चिन्तताका लागि विस्तृत बीमा कभरेज।
4.१ वर्षको सडक करः स्वामित्व प्रक्रियालाई सहज बनाउन एक वर्षको सडक दस्तुर समावेश।
5.निःशुल्क स्पेयर टायर र एसी चार्जरः कुनै अतिरिक्त शुल्क बिना आवश्यक सामग्रीहरू उपलब्ध।
लक्ष्मी ई–मोबिलिटी प्रा. लि.का अनुसार ”हाम्रो ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ केवल एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा हो। ७ लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ।”
फोर्थिङ, चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपको सहायक कम्पनी डोङफेङ लिउझाउ मोटर कम्पनी लिमिटेड अन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो। लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रा.लि.नेपालका लागि फोर्थिङ फ्राइडे ईभीको आधिकारिक विक्रेता हो।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


