निसान म्यागनेटमा “१ वर्ष शून्य इन्धन”
काठमाडौँ । निसान म्यागनेटमा “१ वर्ष शून्य इन्धन” पायोनियरमोटो कर्प लिमिटेड, नेपालमा निसानको आधिकारिक वितरकले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयुभी निशान म्यागनेटमा ग्राहकहरूका लागि “१ वर्ष शून्य इन्धन” योजना घोषणा गरेको बताएको छ।
यस “१ वर्ष शून्य इन्धन” अभियान अन्तर्गत ग्राहकहरूले रु. ५०,००० सम्म नगद छुट, रु. १,००,००० सम्म एक्सचेन्ज बोनस, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, तथा १ वर्षको निःशुल्क इन्धन सुविधा प्राप्त गर्ने जनाइएको छ। कम्पनीका अनुसार हाल निशान म्यागनेटको सुरुवाती मूल्य रु. ३५.७५ लाख रहेको छ र यो अफर देशभरका आधिकारिक निसान शोरूमहरूमा लागू हुनेछ।
यसलाई अझ आकर्षक बनाउँदै, निसानले सजिलो स्वामित्व योजना पनि ल्याएको छ, जस अन्तर्गत निशान म्यागनेट अब प्रति दिन मात्र रु. ९९९ मा उपलब्ध हुने कम्पनीको दाबी रहेको छ, जसले यसलाई कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा सुलभ विकल्पमध्ये एक बनाएको छ।
निशान म्यागनेटमा ५-स्टार ग्लोबल एनक्याप सेफ्टि रेटिङ सहित यसमा सेग्मेन्टकै उत्कृष्ट २०५ मिमी ग्राउण्ड क्लियरेन्स, ६ वटा एयरब्याग, हिल-स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टचस्क्रिन, तथा रियर पार्किङ सेन्सर जस्ता सुरक्षा सुविधाहरू सबै भेरियन्टहरूमा उपलब्ध छन्। कम्पनीले ग्राहकहरूलाई नजिकको निसान शोरूममा गई टेस्ट ड्राइभ लिन र अफरबारे थप जानकारी प्राप्त गर्न अनुरोध गरेको बताएको छ।
पायोनियरमोटो कर्प लिमिटेडनेपालमा निसान सवारी साधनहरूको आधिकारिक वितरक हो,जसले देशभर फैलिएको डिलर नेटवर्कमार्फत बिक्री,सेवा तथा स्पेयर पार्ट्स सुविधा प्रदान गर्दै आएको जनाइएको छ। थप जानकारीका लागि वेबसाइट भ्रमण गर्न सकिनेछ: : www.nissan-nepal.com
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

