काठमाडौँ । नेपालमा विभिन्न भूभागमा तापक्रम असामान्य रुपमा बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । विशेषगरी तराई क्षेत्रमा ‘लु’ को असर तीव्र देखिएको छ भने पहाडी जिल्लाहरुमा समेत गर्मीको प्रभाव बढ्दो छ । यस्तो अवस्थामा चिसोपनको भरपर्दो समाधान खोजिरहेको ध्यान अहिले सीजी ब्रान्डका एयर कन्डिसनतर्फ आकर्षित भएको बताइएको छ ।
सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारका लागि ल्याएको मेरिडिया सिरिजको एसीले परम्परागत उपकरणभन्दा फरक अनुभव दिने लक्ष्य राखेको जनाएको छ । ‘ड्युल इन्भर्टर’ प्रविधिले एसीलाई अझ प्रभावकारी,टिकाउ र उर्जा-मैत्री बनाएको बताइएको छ।
कम्पनीका अनुसार, नेपालमा सामान्य रुपमा देखिने भोल्टेज उतारचढावलाई ध्यानमा राख्दै यसमा सुरक्षात्मक प्रणाली समावेश गरिएको छ भने जसले मेसिनलाई क्षतिबाट जोगाउन मद्धत गर्नेछ। त्यस्तैगरी तापक्रम अनुसार कम्प्रेसरको गति आफैँ समायोजन हुने भएकाले अनावश्यक ऊर्जा खपत घट्ने र दीर्घकालीन रुपमा खर्च कम हुने बताइएको छ ।
वातावरणीय पक्षलाई समेत ध्यान दिँदै यसमा गरिएको आर-३२ ग्यासले ओजोन तहमा कम असर पार्छ भने जसले यसलाई तुलनात्मक रुपमा वातावरणमैत्री विकल्प बनाउँने जनाइएको छ। मेरिडिया सिरिजको अर्को आकर्षण यसको ‘८- इन-१ कन्भर्टिबल’ सुविधा हुनुका साथै यसले प्रयोगकर्तालाई आवश्यकता अनुसार कुलिंग क्षमता समायोजन गर्न दिने भएकाले सानो प्रयोगमा ऊर्जा बचत र ठुलो भीडमा उच्च प्रदर्शन दुवै सम्भव हुने बताइएको छ।
त्यस्तैगरी डी-ह्युमिडिफिकेशन प्रणालीले विशेषगरी मनसुनको समयमा कोठाभित्रको चिसोपन घटाएर सुख्खा र स्वस्थ वातावरण बनाउन सहयोग पुर्याउँने कम्पनीले जनाएको छ। उपभोक्तालाई लक्षित गर्दै कम्पनीले खरिद प्रक्रियालाई पनि सहज बनाउनुका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा ,नागरिकता मात्रका आधारमा खरिदको व्यवस्था र निःशुल्क जडान सेवाले एसीलाई थप पहुँचयोग्य बनाउने प्रयास गरिरहेको कम्पनीले बताएको छ।


