आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम
काठमाडौं । आज बुद्ध पुर्णिमा, २५७० औँ बुद्ध जयन्ती मनाइँदै छ । विश्वका शान्ति दुत गौतम बुद्दको जन्म दिनको अवसर पारेर नेपालसहित विश्वभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
भगवान् शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६६, कपिलबस्तु जिल्लामा भएको मानिन्छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ईशा पूर्व ५६६ भन्दा पहिले नै भएको देखिन आउँछ । गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएको भन्दै उनलाई भगवानको दुत मान्नेहरू करोडौंमा छन् ।
उनी महाआत्मा र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको पनि बताउँछन् । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
उनले पछि भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए । त्यसपछि उनले अहिंसा र शान्तिको पक्षमा विश्वलाई सन्देश दिएका थिए । जसका कारण उनलाइ करोडौं मान्छेले भगवानको रूपमा पुजा अर्चना र सम्मान गरिरहेका हुन्छन् ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।
विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।
लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्यालीको आयोजना गरिएको जनाइएको छ । दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताइएको छ । भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको छ।
लुम्बिनी विकास कोषका अनुसार बुद्ध जयन्तीको मुख्य समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहको मुल पुस्तकलाई ‘त्रिपिटक’ भनिन्छ । त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ भने त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत रहेको छ । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो ।
गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् भने गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ ।
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

