सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय
काठमाडौं । सिजी अन्तर्गतको प्रिमियम ब्रान्ड सिजी मेरिडियाले बजारमा ल्याएको एआई-सञ्चालित स्मार्ट एयर फ्रायरले छोटो अवधिमै नेपाली उपभोक्तामाझ राम्रो लोकप्रियता हासिल गरेको छ ।
कम्पनीका अनुसार सिजी मेरिडिया एआई स्मार्ट फ्रायर सिजीएमआरएएफ८एलएआई सार्वजनिक भएको करिब ६ महिनामै नेपाली भान्साको उपयोगी उपकरणका रुपमा स्थापित हुन थालेको हो । बेमौसमी वर्षा र ओसिलो मौसममा तातो तथा स्वास्थ्यवर्धक परिकार छिट्टै तयार गर्न सकिने भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ ।
यो एयर फ्रायरमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिसहित इन्टरनल क्यामेरा जडान गरिएको छ भने यसले खानाको प्रकार र तौल पहिचान गरी आवश्यक तापक्रम र पकाउने समय स्वत : निर्धारण गर्ने कम्पनी दाबी छ । यसैगरी सिजी स्मार्ट होर्म एप मार्फत मोबाइलबाटै पकाउने प्रक्रिया निरन्त्रण र निगरानी गर्न सकिने सुबिधा पनि रहेको बताइएको छ ।
कम्पनीका अनुसार ८ लिटर क्षमताको यो उपकरण मध्यम तथा ठुला परिवारका लागि उपयुक्त छ । ‘वाटर स्प्रे’ फङ्सनले परिकारलाई बाहिरबाट कुरकुरे र भित्रबाट रसिलो बनाइराख्न मदत गर्ने जनाइएको छ । त्यस्तैगरी ९० प्रतिशतसम्म कम तेल प्रयोग गरेर पनि स्वादिलो परिकार तयार गर्न सकिने कम्पनीको भनाइ छ ।
यसमा २५ वटा स्वाचालित मेनु समावेश छन् । समोसा, चिकेन रोस्ट,फ्रेन्च फ्राइजदेखि केकसम्मका परिकार केही मिनेटमै तयार गर्न सकिने कम्पनीले जनाएको छ । पारदर्शी झ्याल १८०० वाटको कन्भेक्सन हिटिङ मेकानिजम र र्यापिड एयर फ्लो प्रविधिले खाना छिटो तथा समान रुपमा पकाउन सहयोग गर्ने बताइएको छ ।
कम्पनीका अनुसार यो स्मार्ट एयर फ्रायर देशभर रहेका २८ वटा सिजी डिजिटल र एलपी शपी शोरुम, आधिकारीक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत उपलब्ध छ । त्यस्तैगरी ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा र प्राविधिक सहयोग प्रदान गरिँदै आएको जनाएको छ ।
सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीका अनुसार पछिल्ला ६ महिनामा प्राप्त सकारात्मक प्रतिक्रियाले नेपाली उपभोक्ता प्रविधि र स्वास्थ्यप्रति अझ सचेत बन्दै गएको देखाएको छ । कम्पनीका आगामी दिनमा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्रविधिमा आधारित घरेलु उपकरण बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


