बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा
काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड माइडिया अन्तर्गतका नयाँ तथा आधुनिक फ्यानहरुको श्रृंखलाले नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार नेपालको बढ्दो गर्मी र अनियमित तापक्रमलाई ध्यानमा राखेर ल्याइएको यो नयाँ फ्यानले घर, कार्यालय तथा अन्य कार्यस्थलमा सहज र आरामदायी वातावरण उपलब्ध गराउने लक्ष्य राखेको छ । उच्च गुणस्तरको कपर मोटर जडान गरिएकाले यी फ्यानहरु टिकाउ,स्थिर कार्यसम्यादनयुक्त तथा कम विद्युत खपत हुने कम्पनीले जनाएको छ । न्युन आवाजमा सञ्चालन हुने भएकाले शान्त वातावरण कायम राख्न पनि सहयोग पुग्ने बताइएको छ ।
नयाँ श्रृंखलाअन्तर्गत ‘माइडिया एफडब्लु४५-२५एम’ भित्तामा जडान हुने वाल फ्यान हो भने यसमा शक्तिशाली एयरफ्लो , अक्सिलेशन फङ्सन, पुल-कर्ड कन्ट्रोल, तीन स्पीड सेटिङ तथा पाँचवटा एबीएस ब्लेड समावेश गरिएको जनाइएको छ । यसले हावाको प्रवाहलाई प्रभावकारी बनाउनुका साथै दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै ‘माइडिया एफएस४५-२५एमटी’ उचाइ मिलाउन सकिने स्टयान्ड फ्यान रहेको बताइएको छ । यसमा शक्तिशाली एयरफ्लो , अक्सिलेशन फङ्सन, तीन स्पीड सेटिङ पाँचवटा एबीएस ब्लेड जडान गरिनुका साथै घर तथा कार्यालय दुवैका लागि उपयुक्त र व्यावहारिक विकल्पका रुपमा यसलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
प्रिमियम श्रेणीको ‘माइडिया एफएस४०-१३किउआरए’ मा १.८लिटर क्षमताको पानी टयाङकी, ३६० डिग्री स्प्रे नोजल, आयन जेनेरेटर, आठ घण्टासम्मको टाइमर तथा रिमोट कन्ट्रोल सुविधा रहनुका साथै यसमा नर्मल, नेचर र साइलेंट मोड समावेश गरिएकाले आवश्यकता अनुसार प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, उच्च गतिको लागि तयार गरिएको ‘माइडिया एफएस४०-१३पिजी’ मा तीनवटा एबीएस ब्लेड, तीन स्पीड सेटिङ, अक्सिलेशन फङ्सन उच्च गुणस्तरको कपर मोटर प्रयोग गरिएको छ । बढी एयर स्पीड र एयर भोल्युमका कारण ठुलो कोठा वा बढी गर्मी हुने स्थानका लागि यो उपयुक्त हुने कम्पनीको विश्वास रहेको छ ।
नयाँ श्रृंखलामा आधुनिक डिजाइन र प्रयोगमैत्री प्रविधिको सन्तुलित संयोजन गर्नुका साथै प्रत्येक मोडलमा दैनिक प्रयोगलाई सहज बनाउने विशेषताहरु समेटिएकाले उपभोक्तालाई दीर्घकालीन र भरपर्दो कुलिङ समाधान उपलब्ध हुने अपेक्षा गरिएको बताइएको छ ।
सिजी इलेक्ट्रोनिक्सका अनुसार नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरक उपलब्ध गराउने प्रतिबद्धताअनुसार माइडियाको यो नयाँ फ्यान श्रृंखला बजारमा ल्याइएको हो । बढ्दो तापक्रम र परिवर्तनशील जीवनशैलीबीच यसले चिसोपनसँगै विश्वास, दक्षता र आधुनिकताको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

