Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, बैशाख, २३
गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

काठमाडौं । पछिल्ला दिनमा परेको वर्षाले मौसमलाई केही समयका लागि शीतल बनाएको भए पनि वर्षा रोकिएसँगै बढ्दो उकुसमुकुस, अत्याधिक आद्र्रता र चर्को घामले गर्मीको असर फेरि बढ्ने संकेत देखिएको छ । वर्षापछि तातो हावा ‘लु’ चल्ने सम्भावना समेत रहेकाले यस्तो मिश्रित मौसममा घरभित्रको वातावरणलाई सन्तुलित र सहज राख्नु आवश्यक बन्दै गएको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड ब्ल्याकं डेकरले नेपाली बजारमा आफ्ना ८ आधुनिक एयर कूलर सार्वजनिक गरेको छ । कम्पनीले घरभित्र प्राकृतिक रुपमा शीतल, स्वच्छ र आरामदायी वातावरण कायम गर्न यी कूलर उपयोगी हुने जनाएको छ ।

ब्ल्याकं डेकरले दक्षता, प्रयोगकर्तामैत्री प्रबिधि, प्रिमियम डिजाइन तथा दीर्घकालीन टिकाउपनामा आधारित घरेलु उपकरणमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय जीवनशैली प्रदान गर्दै आएको बताएको छ ।

कम्पनीका अनुसार ब्ल्याकं डेकरका एयर कूलरमा प्रयोग गरिएको युभि ग्रेड पोलिमर बडी ले चर्को घाम र अत्यधिक गर्मीमा पनि बडी चर्किने वा रङ फिक्का हुने समस्या कम गर्छ । प्रिमियम वाइट डिजाइन ले आधुनिक घर तथा कार्यालयको इन्टेरियरमा आर्कषण थप्छ भने लो नोइस अपरेशन का कारण कम आवाजमै सञ्चालन हुने भएकाले आराम तथा काम दुवैको लागि उपयुक्त हुने कम्पनीको विश्वास रहेको छ ।

त्यस्तै, एन्टीब्याकटेरियल हनिकम्ब प्याडस्ले हावामा रहेका सुक्ष्म कण तथा ब्याक्टेरियालाई फिल्टर गरी स्वच्छ हावा प्रवाह गर्न सहयोग पुर्याउनुका साथै इन्भर्टर कम्प्याटिबल मोटर्स प्रयोग भएकाले कम विद्युत खपतमा इन्भर्टरसँग पनि सहज रुपमा सञ्चालन गर्न सकिने कम्पनीको दाबी रहेको छ।

कम्पनीले व्यक्तिगत कोठादेखि ठुलो हलसम्मका लागि विभिन्न क्षमता भएका ८ मोडेल बजारमा उपलब्ध गराएको जनाएको छ । व्यक्तिगत प्रयोगका लागि किबो (३०एल / ४५एल) , आधुनिक टावर डिजाइनमा निबो (५५एल), शक्तिशाली कुलिङका लागि कामेट प्लस (६५एल / ८५एल / १०५ एल) तथा प्रिमियम श्रेणीमा ल्होट्से प्लस (६५एल / ८५एल) उपलब्ध रहेको बताइएको छ ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा चार दशकभन्दा बढी समयदेखि सक्रिय सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका अत्याधुनिक सिजी डिजिटल र एलजी शपी शोरुम, आधिकारीक बिक्रेता सञ्जाल तथा सिजी डिजिटल .कम. एनपी मार्फत यी एयर कूलर सहज रुपमा खरिद थर्न सकिने जनाएको छ ।

ब्ल्याकं डेकरका एयर कूलरहरुमा १२ महिनाको वारेन्टी रहनुका साथै कम्पनीको देशव्यापी सेवा पनि सुनिश्चित गर्ने बताइएको छ ।

बढ्दो गर्मी, आद्र्रता र तातो हावाको सम्भावनालाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्सले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन तथा घरभित्रको वातावरणलाई शीतल, स्वच्छ राख्न उपभोक्तालाई आग्रह गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स