नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
काठमाडौं । चौधरी ग्रुपअन्तगर्त सिजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सिजी डिजिटलले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता, प्रविधिप्रतिको आकर्षण र सुविधामैत्री जीवनशैलीलाई केन्द्रमा राख्दै स्मार्ट किनमेल संस्कृतिलाई नयाँ आयाम दिएको छ ।
समयको अभाव, सुविधाप्रतिको बढ्दो अपेक्षा र प्रविधिप्रतिको आकर्षणसँगै उपभाक्ताहरु अब केवल उत्पादन मात्रै होइन, सहज निर्णय प्रक्रिया र भरपर्दो समाधान खोज्न थालेका छन् । सिजी डिजिटलले यही परिवर्तनलाई आत्मसात गर्दै आधुनिक र व्यवस्थित किनमेल अनुभव प्रदान गर्ने प्रयास गरिरहेको जनाएको छ ।
परम्परागत रुपमा घरायसी उपकरण खरिद प्रक्रिया समय लाग्ने र झन्झटपुर्ण मानिन्थ्यो । एउटै उत्पादनका लागि विभिन्न पसल धाउनुपर्ने, मुल्य तथा गुणस्तर तुलना गर्न कठिन हुने र पर्याप्त जानकारीको अभावमा निर्णय लिन समस्या हुने अवस्था अहिले पनि धेरै उपभोक्ताले अनुभव गर्दै आएका छन् । तर पछिल्लो समय उपभोक्ताहरु पारदर्शी, व्यवस्थित र एकीकृत किनमेल अनुभवतर्फ आकर्षित हुन थालेका छन् ।
कम्पनीका अनुसार, यही आवश्यकतालाई ध्यानमा राख्दै सिजी डिजिटलले एकै छानामुनि बहु-ब्रान्ड उत्पादन उपलब्ध गराउँदै किनमेल प्रक्रियालाई सहज, स्पस्ट र विश्वसनीय बनाएको छ । हाल देशभर सञ्चालनमा रहेका २८ वटा सिजी डिजिटल तथा एलजी ब्रान्ड सप शोरुम मार्फत एलजी, सिजी, टिसिएल, गोदरेज, माइडिया, क्रम्प्टन, बेको, सेन्साइ, केन्ट, एलिका, सिजी मेरिडिया, ब्ल्याकं डेकर र बर्ली जस्ता ब्रान्डका उत्पादनहरु उपलब्ध रहेको बताइएको छ । त्यस्तै, नथिङ ,मोटोरोला र एआई जस्ता मोबाइल ब्रान्डहरु पनि एउटै प्लेटर्फममा उपलब्ध रहेको जनाइएको छ ।
कम्पनीका अनुसार, बहु-ब्रान्ड उपस्थितिले उपभोक्तालाई आफ्नो आवश्यकता,बजेट र प्राथमिकताअनुसार सहज रुपमा उपयुक्त विकल्प छनोट गर्ने अवसर दिएको छ । यसले गुणस्तर, प्रामाणिकता र र्दीर्घकालीन विश्वास निर्माणमा समेत सहयोग पुर्याएको कम्पनीको दाबी छ ।
सिजी डिजिटलले किनमेललाई केवल उत्पादन खरिदमा सीसमत नराखी समग्र ग्राहक अनुभवमा रुपान्तरण गर्ने लक्ष्य राखेको जनाएको छ । सहज छनोट प्रक्रिया, स्पष्ट जानकारी, ग्राहक-केन्द्रित सेवा, घरमै नि:शुल्क डेलिभरी तथा बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताले उपभोक्ताको समय बचत गर्नुका साथै किनमेललाई झन्झटमुक्त बनाइरहेको कम्पनीको भनाइ छ ।
नेपालभर विस्तार हुँदै गएको सिजी डिजिटलको नेटर्वकले आधुनिक खुद्रा व्यापार अब सीमित शहरी क्षेत्रमै मात्र केन्द्रित नरही देशभर फैलिँदै गएको संकेत गरेको छ । यसले ग्रामीण तथा अर्ध-शहरी क्षेत्रका उपभोक्तालाई समेत गुणस्तरीय र संगठित किनमेल अनुभवसँग जोड्ने अवसर सिर्जना गरेको देखिन्छ ।
सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

