Jankari Kendra
२२ श्रावण २०८३, शुक्रबार
Worldlink

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, बैशाख, २६
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

काठमाडौं । नेपाल सरकार अन्तर्गतको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले नेपाल दुरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि दरखास्त आव्हान गरेको छ ।

मन्त्रालयले सार्वजनिक सुचना जारी गर्दै प्राधिकरणको नेतृत्व तथा सञ्चालक समितिका रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया सुरु भएको जनाएको छ।

सुचनाअनुसार प्राधिकरणमा एकजना अध्यक्ष र चारजना सदस्य चयन गरिनेछ । इच्छुक तथा योग्य नेपाली नागरिकले २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् ।

आवेदनका लागि आवश्यक न्युनतम योग्यता ,दरखास्त फाराम तथा आवश्यक कागजातसम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारीक वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स