• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ जेठ २०८३, शनिबार
०२ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण
  • ६ घण्टा 

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
  • ८ घण्टा 

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
  • ९ घण्टा 

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

३२ औं पटक सगरमाथाको शिखरमा कामिरिता : तोडे आफ्नै रेकर्ड
  • ११ घण्टा 

ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
  • १२ घण्टा 

पश्चिमी तथा स्थानीय वायुको प्रभाव : यी स्थानमा वर्षाको सम्भावना
  • १३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • २. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ३. रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

  • ४. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

  • ५. यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ६. २०८३ जेठ ०२ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. एसईईको नतिजा आजै सार्वजनिक हुने

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

जानकारी केन्द्र २०८३, जेष्ठ, ३

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले नेपालमा विद्युतीय सवारी साधनको मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममार्फत भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति को ध्यानाकर्षण भएको जनाएको छ।

यस विषयलाई संस्थाले यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलका क्रममा समेत उठाउँदै ईभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनसम्बन्धी विषयमा स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको धारणा राखेको थियो।

नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्।

संस्थाका अनुसार विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास हो। त्यसैले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रूपमा विश्वसनीय आधार मान्न सकिँदैन।

हाल नेपालमा इभि सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रुपमा कार्यान्वयनमा आइसकेको छैन ।

यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न गरिरहेको देखिन्छ । इभि सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्दछ । साथै, सम्बन्धित सरकारी निकायहरुबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गरिनु आवश्यक रहेको नाइमाले जनाएको छ ।

विद्युतीय सवारी साधन नेपालको स्वच्छ उर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्दधन गर्ने महत्वपूर्ण माध्यमका रुपमा स्थापित हुँदै गइरहेको बताइएको छ । इभि क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ उर्जाको प्रभावकारी उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा समग्र उर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको छ ।

राष्ट्रिय प्राथमिकतासँग प्रत्यक्ष रुपमा जोडिएको यस क्षेत्रसँग सम्बन्धित विषयहरुलाई तथ्य, प्राविधिक अध्ययन तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै मूल्याङ्कन गरिनु आवश्यक छ । विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरुलाई प्रयाप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा नै विश्लेषण गरिनु आवश्यक रहेको नाइमाको धारणा छ ।

अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने देखिन्छ। यस सन्दर्भमा नाइमाले सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था हो, जसले ‘सबैका लागि गतिशीलता’ को अवधारणाअनुसार आर्थिक वृद्धि, औद्योगिक विकास र समावेशी पहुँच विस्तारमा काम गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै
विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?
सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

ताजा

विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

विश्वकप फुटबल २०२६ को काउन्टडाउन सुरु, नेपाली समयअनुसार कुन खेल कति बजे ?

सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.